अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ७:४४ मा प्रकाशित

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौथो पटक विश्वासको मत लिएको एक दिन नबित्दै मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रीपरिषद्मा सामेल गर्दै मन्त्री परिषद् विस्तार गर्नुभएको हो ।नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले बिना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । शारदा थापालाई गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । साह र भट्टराई नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी हुनुभएको हो ।

लुङ्गेली नेकपा (एकीकृत समाजवादी) र थापा नेकपा एमालेबाट सरकारमा सहभागी बन्नुभएको हो । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण समेत गराउनुभएको छ । यता माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आउनुभएकी सुनिता यादवलाई फिर्ता बोलाइएको छ । माओवादीका भरत साहले भने अर्थ मन्त्रालयमा दाबी गर्दै आएपनि टुंगो नलागेका कारण बिना विभागिय मन्त्रीको रुपमा अहिले शपथ लिएको बताउनुभयो ।

प्रतिक्रिया