अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

कोशी प्रदेशसभाको विशेष अधिवेशन शुरु : मुख्यमन्त्री हटाउने सङ्कल्प प्रस्ताव ‘टेबुल’

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ७:४४ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा सङ्कल्प प्रस्ताव ‘टेबुल’ गरेका छन् । मुख्यमन्त्री कार्कीले समर्थन गुमाइसकेका कारण राजीनामा दिएर वैकल्पिक सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुको विकल्प नभएको भन्दै सङ्कल्प प्रस्ताव टेबुल गरेका हुन् ।

भोलि सङ्कल्प प्रस्ताव निर्णयार्थ संसदमा पेस हुँदैछ । प्रस्तावको समर्थकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल हुनुहुन्छ । उहाँहरुले पनि मुख्यमन्त्री कार्की अल्पमतमा परिसकेकाले राजीनामा दिनुपर्ने जिकिर गर्नुभएको छ ।

एमाले र माओवादीका सांसदको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङको आह्वानमा प्रदेशसभाको विशेष अधिवेशन बसेको हो । कांग्रेसले भने सङ्कल्प प्रस्ताव पारित भए पनि पदबाट राजीनामा दिनुपर्छ भन्ने कुनै बाध्यता नभएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया