अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

१६औँ योजनाका लागि गठबन्धन दलसँग आयोगको छलफल

बिआरटीनेपाल २०८० चैत २८ गते ८:१८ मा प्रकाशित

१६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलसँग छलफल गरेको छ। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री डा। युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्लेलगायत सहभागी थिए।

आयोगका उपाध्यक्षले १६ औँ योजनाको तयारीबारे जानकारी गराएका थिए भने आयोगका सहसचिव महेश भट्टराईले प्रस्तुति राखेका थिए। उपाध्यक्ष डा. श्रेष्ठका अनुसार राजनीतिक दलबाट प्राप्त सुझाव समेटेर मस्यौदालाई अन्तिम रुप दिइनेछ।

आयोगले यसअघि विज्ञहरुसँग सुझाव लिइसकेको छ। आयोगले पहिलो पटक आवधिक योजनाका लागि सबै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग सुझावसमेत लिइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू