अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

शेयर बजार २२ अङ्कभन्दा धेरैले बढ्याे

बिआरटीनेपाल २०८० फागुन २७ गते ९:१५ मा प्रकाशित

हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार २२ अङ्कभन्दा धेरैले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेर बजार हरियाली हुँदा लघुवित्त समूहको शेयर सबैभन्दा धेरै चार दशमलव २१ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । बजार बढेको दिन आज चिर्ख्वा जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ७० लाख ४३ हजार कित्ता शेयर दुई अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर २२ करोड ९३ लाख रुपैयाँमा किनबेच भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू