अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

रुसी विपक्षी नेता नाभाल्नीको शव अझै दिइएन

बिआरटीनेपाल २०८० फागुन ८ गते ६:०४ मा प्रकाशित

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव दिन कारागार प्रशाशनले ढिलाइ गरेको छ । नाभाल्नीको परिवारले शवको लागि बारम्बार ताकेता गरेपनि रुसी प्रशासनले छानविन र अनुसन्धान जारी रहेको भन्दै शव दिन ढिलाइ गरेको हो । नाभाल्नीका वकिल र आमालाई उनको शव राखिएको शवगृहमा प्रवेश गर्नबाट रोक लगाइएको छ । उनीहरूलाई सुदूर आर्कटिक जेलनजिकै सालेखार्ड शहरको शवगृहमा लगिएको थियो ।

नाभाल्नीका समर्थकहरुले उनको हत्या गरिएको दाबी गर्दै रुस सरकारले आफ्नो कर्तुत लुकाउन शव नदिएको आरोप लगाइरहेका छन् । कारागार प्रशाशनले भने नाभाल्नी हिँड्दा हिँड्दै वेहोस भएको र त्यसपछि होशमा नफर्किएको बताइरहेको छ ।

यसैबिच नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले आफ्नो श्रीमानले थालेको स्वतन्त्र रुसको यात्रा जारी राख्ने बताएकी छिन् । नाभाल्नीका समर्थकहरुलाई हिजो भिडियो सन्देश जारी गदै युलियाले रुस सरकारको दमनबाट नडराउने भन्दै रुसको भविष्यका लागि आफ्ना श्रीमानले थालेको अभियान आफुले अघि बढाउने उद्घोष गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू