अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

प्यालेस्टाइनको रफाहका नागरिकहरूको सुरक्षा गर्न इजरायललाई अमेरिकी राष्ट्रपतिको आग्रह

बिआरटीनेपाल २०८० फागुन १ गते ६:२१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनको रफाहमा इजरायली आक्रमण भइरहँदा त्यहाँका नागरिकको सुरक्षाका लागि आग्रह गर्नुभएको छ । राष्ट्रपति बाइडेनले रफाहमा आश्रय लिइरहेका १० लाख भन्दा बढी प्यालेस्टिनीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि विश्वसनीय योजना नबनाइ आक्रमणलाई निरन्तरता दिन नहुने बताउनुभएको हो ।

उहाँले दक्षिणी गाजामा विस्थापित भएका धेरै व्यक्तिहरू त्यहाँँ बसेका र उनिहरु पिछडिएका , कमजोर र सिमान्तकृत वर्ग रहेकाले उनीहरूलाई सुरक्षित गर्न आवश्यक रहेको बताउनुभएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी निकायले त्यस क्षेत्रमा इजरायले जारी राखेको आक्रमणले भयावह रुप लिने र धेरै नागरिकहरूले ज्यान गुमाउने  सम्भावना रहेको बताएको छ ।

गएको हप्ता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रफाहमा निरन्तर आक्रमण गरेर त्यहाँ लुकेका हमासमा आबद्ध विद्रोही लडाकु सबैलाई पररास्त गर्न सेनालाई निर्देशन दिनुभएको थियो । त्यसपछि रफाहमा जारी इजरायली हवाई आक्रमणमा परेर धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू