अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

गाजापट्टीको रफाह शहरमा इजरायलको आक्रमण

बिआरटीनेपाल २०८० फागुन १ गते ५:१७ मा प्रकाशित

इजरायलले पश्चिमा राष्ट्रहरुको चेतावनीलाई बेवास्ता गर्दै गाजाको रफाह शहरस्थित शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा ७० जनाको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आदेश बमोजिम इजरायली डिफेन्स फोर्स आइ.डी.एफले हवाई र सामु्रदिक आक्रमण गर्दा थुप्रै घाइते भएका छन् ।संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ.ले घटनाको निन्दा गर्दै गाजाका जनताको अन्तिम सहारा पनि इजरायलले ध्वस्त पारेकोमा चिन्ता व्यक्त गरेको छ ।

डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले यो घटनाको निन्दा गर्दै युद्धविरामका लागि इजरायललाई पुन अपील गर्नुभएको छ । उहाँले गाजाको जनताको आश्रयस्थलको रुपमा रहेको एकमात्र रफाह शहरमा पनि आक्रमण गर्नु निन्दनीय भएको भन्दै तत्काल युद्धबिरामका लागि अपील गर्नुभएको हो ।

यसैबीच रफाहस्थित शरणार्थी शिविरमा भएको इजरायली सेनाको हवाई तथा समुद्री आक्रमणमा ठूलो संख्यामा हताहत भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । उता इजिप्टले इजरायललाई चेतावनी दिंदै रफाहमा आक्रमण जारी राखेमा ४० वर्ष पुरानो आफनो देशसँगको शान्ति सम्झौता भंग हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू