अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

जनताको सुरक्षा सुनिश्चित गर्न इजरायललाई अमेरिकाको सुझाव

बिआरटीनेपाल २०८० माघ २९ गते ५:१७ मा प्रकाशित

अमेरिकाले इजरायल र गाजाका नागरिकको सुरक्षा सुनिश्चितताका लागि गाजाको रफामा सैन्य कारवाही गर्नु गलत भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवादका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलका १० लाखभन्दा बढी मानिसको सुरक्षा गर्न विश्वसनीय कार्ययोजना आवश्यक भएको सुझाव दिनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।संवादकै क्रममा प्रधानमन्त्री नेतान्याहुले भने बाइडेनको सुझावलाई सकारात्मक रुपमा लिँदै इजरायली जनताको सुरक्षाका लागि योजना तयार पार्ने वचन दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलमा भइरहेको सैन्य कारबाही उच्च स्तरको भएको भन्दै प्रतिक्रिया दिएपछि दुई नेताबीच टेलिफोन संवाद भएको हो ।इजरायली सेनाहरु इजिप्टको सिमानजिक रहेको रफाह सीमासम्म प्रवेश गर्ने तयारीमा रहेपछि अन्तराष्ट्रिय स्तरबाटै इजरायलको यो कदमको विरोध हुन थालेको छ ।बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले गाजाका आधाभन्दा बढी जनसंख्यामा रफाह क्षेत्रमा आश्रय लिएर बसेको स्मरण गराउँदै हमासको नाममा गाजाबासीको नरसंहार नगर्न इजरायललाई अपील गर्नुभएको छ ।

यसैबीच सउदी अरबले रफाह क्षेत्रमा भएको इजरायली आक्रमणको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी इजरायललाई दिएको छ । युद्धका क्रममा गाजाबाट विस्थापित लाखौं मानिस रफाहमा पालमुनि शरण लिएर बस्न बाध्य छन् । हमासले भने रफाहमा दशौं हजार हताहत हुनसक्ने चेतावनी जारी गरेपछि विश्वको ध्यान केन्द्रित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू