अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

पाकिस्तानमा सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक

बिआरटीनेपाल २०८० माघ २९ गते ५:०९ मा प्रकाशित

पाकिस्तानमा गत बिहिबार सम्पन आम निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभाका २ सय ६६ सिटका लागि भएको मतदानमा एक सिटको निर्वाचन रद्द र एक क्षेत्रमा मतगणना स्थगित हुँदा २ सय ६४ क्षेत्रको नतिजा सार्वजनिक भएको हो । २ सय ६४ सिटको नतिजा अनुसार कारागारमा रहेका पाकिस्तनका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १सय १ सिट जितेको छ ।

पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।यसैगरी पुर्व प्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नेशनलिस्ट (पिएमएल–एनले ७५ सिटमा जित हासिल गरेको छ । त्यस्तै बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले ५४ सिट जितेको छ ।चारवटै प्रान्तीय सभाको पनि परिणाम आउँदा पञ्जाबमा २ सय ९७ सिटमध्ये १ सय ३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यहाँ पिएमल– एनले १ सय ३७ सिट जितेको छ भने पिपिपीले १० सिट मात्रै ल्याएको छ ।

अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र हस्तक्षेप गरेको बताउँदै छानबिनको माग गरेकै बेला निर्वाचनको नतिजा सार्वजनिक भएको हो । केन्द्रमा कुनैपनि दलको बहुमत नआउँदा पाकिस्तानको आगामी प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू