अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

हैटीमा विभिन्न समूहबीचको झडपमा परि एकै महिनामा ११ सय जनाको ज्यान गयाे

बिआरटीनेपाल २०८० माघ २८ गते ५:५३ मा प्रकाशित

हैटीमा विभिन्न समूहबीच भएको झडपका कारण एकै महिनामा ११ सय जनाको ज्यान गएको छ । संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले गएको जनवरीमा मात्रै विभिन्न समूहबीचको झडपका कारण ११ सय जनाभन्दा धेरैका ज्यान गएको जनाएको छ ।यो सङ्ख्या पछिल्लो दुई वर्षयताकै धेरै हो । ११ हजार जनाभन्दा धेरै घाइते भएका छन् । एकै महिनामा तीन लाख १३ हजार जनाभन्दा धेरै विस्थापित भएका छन् ।

ओसीएचएले हैटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । उग्र झडपका कारण सहायता सामग्री पुर्‍याउन पनि समस्या भइरहेको ओसीएचएलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सडक अवरोध र आवागमनमा प्रतिबन्धले स्वास्थ्यकर्मीसमेत प्रभावित क्षेत्रमा जान नसकेका तथा राहतको पर्खाइमा रहेका हजारौँ नागरिकको अवस्था दयनीय रहेको खबरमा उल्लेख छ । राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य सहरी क्षेत्रसहित देशभरका एक हजारभन्दा बढी विद्यालय जनवरीको मध्यमा अस्थायी रूपमा बन्द भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू