अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

चुनावी परिणामपछि पाकिस्तानमा राजनीतिक अन्योल झन् बढ्यो

बिआरटीनेपाल २०८० माघ २८ गते ५:५१ मा प्रकाशित

पाकिस्तानी सेना प्रमुख असिम मुनीरले मतभेद छाडेर एकजूट हुन आह्वान गर्नुभएको छ । गत बिहिबार भएको आम चुनावबाट कुनै पनि दल बहुमत ल्याउन असफल भएपछि सेना प्रमुख मुनिरले राजनीतिक दल तथा तिनका नेताहरुलाई देशका लागि एकजुट हुन आह्वान गर्नुभएको हो । जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खान समर्थक स्वतन्त्र उम्मेदवारहरुले सवैभन्दा बढी सिट जितेपछि पाकिस्तानमा राजनीतिक अस्थिरता थप गहिरिने आँकलन गरिएको छ ।

पूर्व प्रधानमन्त्री खान र निर्वाचनबाट दोस्रो ठूलो दल बनेको अर्का पूर्व प्रधानमन्त्री नवाज सर्रिफ दुवैले आफ्नो जीत भएको दाबी गरिरहेका छन् । सेना प्रमुख मुनिरले दलीय स्वार्थका लागि २५ करोड जनताको भविष्यमाथि खेलवाड नगर्न पनि अपील गर्नुभएको छ ।गत बिहिबार २६६ सिटका लागि भएको आम चुनावबाट इमरान खानको तेहरिक ए इन्साफ पार्टीका स्वतन्त्र उम्मेदवारहरु सय भन्दा बढी स्थानमा विजयी भएका छन् भने नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ७१ स्थानमा विजयी भएको छ ।

यस्तै पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ५४ सिटसहित तेस्रो भएको छ । अन्य दलले २८ सिट जितेका छन् ।पाकिस्तानी संसदको कुल ३ सय ३६ सदस्यमध्ये बाँकी ७० सिटमा ६० जना महिला र १० जना अल्पसंख्यकका लागि आरक्षण गरिएको छ । ती सिट प्रत्यक्षतर्फको परिणाम अनुसार समानुपातिक बाँडफाँड गर्ने गरिन्छ । सरकार गठनका लागि कम्तिमा १३४ सांसदको समर्थन आवश्यक पर्दछ । चुनाव लड्न समेत प्रतिबन्ध गरिएको इमरान खानको पीटीआइका स्वतन्त्र उम्मेदवारहरु सवैभन्दा बढी स्थानमा विजयी भएपछि राजनीतिक समिकरण नै विथोलिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू