अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति छैन – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० पुष २५ गते ४:५९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले भारत सरकारसँग भएको सम्झौतको डकुमेण्टहरु समिति वा सदनमा खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भारतीय दुतावासले सिधै २० करोड खर्च गर्न पाउने प्रकृतिका सम्झौता भारतसँग मात्रै नभइ अन्य देशहरुसँग पनि हुँदै आएको दाबी गर्नुभयो । उहाँले भारतसँगको यो सम्झौता संघीय सरकारको हात माथि पर्नेगरी गरेको दाबी गर्नुभयो । उहाँले भारतीय दुतावासले यसअघि पनि सिधा ५ करोड खर्च गर्ने गरेको भन्दै अंक बढाउनेकुराले देशमा कुनै अर्थ नराख्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भारतसँग २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउने भएको सम्झौता २५ दिनअघि नै मन्त्रीपरिषद्बाट निर्णय भइसकेको विषय रहेको बताउनभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू