अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

निश्चलको ‘दिमाग खराब’ले मनायो प्रदर्शनको ५१औँ दिन

बिआरटीनेपाल २०८० पुष १४ गते ८:४९ मा प्रकाशित

नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । रञ्जना सिनेप्लेक्स न्यूरोडलगायत तीनवटा हलमा ‘दिमाग खराब’ले ५१ औं दिन मनाएको हो । काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले सिनेमाले प्रदर्शनको ५१औँ दिन मनाएकोमा खुसी साटासाट गरेको छ ।

राजनीतिक तथा सामाजिक विषय उठान गरेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गर्नुभएको हो। खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, अर्पण थापालगायत कलाकारको चलचित्रमा अभिनय रहेको छ।

प्रतिक्रिया