अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

चलचित्र दान्भीको ट्रिजर सार्वजनिक

बिआरटीनेपाल २०८० मंसिर ३० गते २:५९ मा प्रकाशित

नेपाली चलचित्र दान्भीको ट्रिजर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रिजर सार्वजनिक भएको हो ।चलचित्रको निर्देशन रुपेश तामाङ हुनुहुन्छ भने चलचित्रमा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ ।

चलचित्रमा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो चलचित्रमा कमला लिम्बू र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

चलचित्र ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको छ । चलचित्रमा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरेका छन् ।

प्रतिक्रिया