अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै ‘इण्डियन आइडल’ की प्रतिष्पर्धी मेनुका पौडेल

बिआरटीनेपाल २०८० मंसिर २५ गते ५:२८ मा प्रकाशित

गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने माैका पाएकी छिन् । हिजाे प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’ फिल्मका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाउने मौका पाएको जानकारी दिएकी हुन् ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषकाे अभिनय रहेकाे फिल्म सालारका निर्माता प्रशान्त निलले मेनुकालाई गीत गाउने अवसर प्रदान गरेका हुन् ।  उनले यो अवसरलाई आफ्नाे गायन क्षेत्रको ‘टर्निङ प्वाइन्ट’ रुपमा लिएकाे बताएकी छिन् । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।

प्रतिक्रिया