अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

क्यानडाकाे भ्यानकुभरमा नेपथ्यको कन्सर्ट

बिआरटीनेपाल २०८० मंसिर २३ गते ५:५४ मा प्रकाशित

क्यानडाकाे भ्यानकुभरमा नेपथ्यकाे कन्सर्ट आयाेजना भएकाे छ । क्यानडा भ्रमणमा रहेकाे चर्चित ब्यान्ड नेपथ्यले भ्यानकुभरमा आयाेजना गरेकाे कन्सर्टमा सयाैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । कन्सर्टमा ‘सा कर्णाली’, ‘मै मरि जाउँला’, ‘कोशीको पानी यो जिन्दगानी’, ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरी’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘जोमसोमे’ हुँदै ‘शिरफूल’ ‘रेशम’ र ‘तालको पानी’, ‘रातो र चन्द्रसूर्ये’ लगायत गीतकाे प्रस्तुति दिइएकाे थियाे।

नेपालीमात्रै नभएर भारत, अमेरिका, क्यानडा लगायतका नागरिक पनि कन्सर्ट हेर्न पुगेका थिए । झन्डै २७ वर्षदेखि क्यानडामा बस्दै आउनुभएकी निमा शेर्पाले कन्सर्टमा सहभागी हुन पाउँदा निक्कै खुसी लागेकाे बताउनु भयाे । यस्तै, ३० वर्षदेखि क्यानडामा रहनुभएका प्रदीप बानियाँले पनि कन्सर्ट हेर्न पाउँदा रमाइलाे लागेकाे अनुभव सुनाउनु भयाे ।

अब ब्याण्डले ८ तारिख अर्थात् आइतवारका दिन टोरन्टोमा प्रस्तुत दिने भएको छ । त्यसका लागि नेपथ्य टोली टोरन्टो पुगिसकेको छ । त्यहाँ रहेकाे सभागृह ‘म्यासी हल’ मा कन्सर्ट आयोजना हुँदैछ । यी कन्सर्टहरुमा क्यानडामा रहेका विद्यार्थीहरुको लागि विशेष छुटको व्यवस्था गरिएको छ । अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइट  www.nepathya.com.np बाटै पनि उपलब्ध गराएकाे छ ।

प्रतिक्रिया