अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

शेयर बजार झण्डै १२ अङ्कले घट्यो, ८३ करोड ८० लाख रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० कार्तिक २३ गते ६:४३ मा प्रकाशित

शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको शेयर साढे ६ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको शेयर सात प्रतिशतले बढेको छ । आज २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू