अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड ८९ लाख रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० कार्तिक २० गते ५:२८ मा प्रकाशित

शेयर बजार आज साेमवार दोहोरो अङ्कले बढेको छ । हिजो आइतवार साढे २१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव  ३० अङ्कले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको शेयर चार प्रतिशतले ओरालो लागेको छ ।

आज ३५ लाख ५५ हजार कित्ता शेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको छ करोड ४३ लाख र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू