अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

हप्ताको पहिलो दिन शेयर बजार राताम्मे, ९७ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० कार्तिक १९ गते ५:५८ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ४६ अङ्कले घटेर एक हजार आठ सय २६ दशमलव २३ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालय लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको शेयर सात प्रतिशतले बढेको छ ।

आज ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर चार करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू