अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : जनार्दन शर्मा

बिआरटीनेपाल २०८० कार्तिक १ गते ६:५९ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौं महानगर कमिटी वडा नं. १६ ले दशैंको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीहरुका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको बताउनुभयो । दलहरुका बिचमा आपसी गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताउनुभयो । सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उहाँको भनाई छ ।

उपमहासचिव शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताउनुभयो । उहाँले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पार्नुभयो । उहाँले पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्ने हैसियतमा पु¥याइने पनि बताउनुभयो । उपमहासचिव शर्माले उहाँले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई पनि साधन, स्रोत थप गरेर अझै बलियो बनाउनुपर्ने बताउनुभयो । उपमहासचिव शर्माले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ५ सदस्यीय मात्र मन्त्रिमण्डल बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारका मातहतका संरचनाहरुलाई पनि कम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू