अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

कोशी प्रदेशमा ५ वटा मन्त्रालय दाबी गर्ने एमालेको तयारी

बिआरटीनेपाल २०८० असोज ३० गते ७:२१ मा प्रकाशित

कोशी प्रदेश सरकारमा एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । कोशीमा मुख्यमन्त्रीसहित ९वटा मन्त्रालय छन् । एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेसँगै एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रालय भागबण्डा गर्न सकस पर्ने देखिएको छ ।

मुख्यमन्त्री कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैहुनुहहुन्छ। विश्वासको मत लिनुअघि मन्त्रालयको भागबण्डा गर्नुपर्ने एमालेको माग छ । यता मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने बताइसकेको छ भने कांग्रेसको संस्थापन पक्षले पनि विश्वासको मत दिने तयारी गरेको छ ।

कात्तिक १ गते बुधबार विश्वासको मत लिने आसयसहित प्रदेश सभा बैठक बोलाइएको छ । त्यसअघि आज मंगलबार मुख्यमन्त्री कार्कीले एमाले लगायतका दलसँग छलफल गरेर मन्त्रालय भागबण्डा टुंग्याउने तयारी गर्नुभएको थियो । तर, मंगलबार पनि कार्कीले समय अभाव भन्दै दलहरुसँग छलफल गर्नुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू