अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

फन्ड राइजिंग डिनरबाट ४५ हजार १ सय ७७ डलर नेपाली घरलाई (दाताहरुको नाम समेत)

बिआरटीनेपाल २०८० भदौ २ गते २१:१७ मा प्रकाशित

कोलोराडो । नेपाली घर र हेल्पिङ ह्यान्डको सहयोगार्थ गत अगस्त ६, २०२३ मा आयोजित फन्ड राइजिंग डिनरबाट १ लाख २२ हजार ४ सय २७ डलर १२ सेन्ट्स सङ्कलन भएकोमा ३२ हजार ७२ डलर ४५ सेन्ट्स खर्च कटाएर जम्मा ९० हजार ३ सय ५४ डलर ६७ सेन्ट्स नेट रेभन्यु भएको छ । नेट रेभन्युकोको आधा ४५ हजार १ सय ७७ डलर ३४ सेन्ट्स नेपाली घरले प्राप्त भएको जानकारी नेपाली घरका अध्यक्ष जगदीश ढकालले बिआरटी नेपाललाई दिए ।

कार्यक्रमको प्रमुख अतिथि कोलोराडोका गभर्नर जेडर पोलिस थिए । उनले “नेपालले नेपाली कल्चरल सेन्टरको सांस्कृतिक र शैक्षिक गतिविधिलाई निरन्तरता दिइरहेकोमा म उत्साही छु । नेपालमा आधारभूत स्वास्थ्य सेवासम्म पहुँच नभएका ठाउँहरू मैले मेरो नेपाल भ्रमणका बेला देखेको छु । त्यस कारण हेल्पिङ ह्यन्ड जस्तो संस्था फस्टाउनु पर्छ । तपाइहरूको सहयोगले यो अवस्था बदल्न योगदान दिनेछ । कोलोराडोमा रहेका नेपालीको सहयोगले नेपालमा सहयोग पुग्नेछ । म आफैँ नेपाल गएको छु । हाम्रा धेरै चासोहरूमा समानता छ । दिगो विकास, सफा हावा र रिन्युवेबल इनर्जी पनि महत्त्वपूर्ण छ ।” भनेका छन् ।

साथै उनले “सेप्टेम्बर १ र २ मा नेपाल र अमेरिकाले कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ मनाउँदै छ । म हाम्रा दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइ दिन दुई देशबिच एउटा नयाँ क्याकस (समूह) बनाउनुपर्छ भन्ने पक्षमा छु । कङ्ग्रेसमा एउटा समूह नेपाल र अमेरिकाको सम्बन्धका बारेमा गम्भीर छन् । नेपाल शक्तिशाली क्षेत्रीय देशबिच रहेको जटिल भूराजनीतिक स्थानमा छ । मित्रताको ७५ औँ वर्षगाँठसम्म आइपुग्दा नेपालले मित्र हुनुको दायित्व सफलतापूर्वक पूरा गरेको छ । म संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्ध बलियो हुनुपर्छ भन्ने पक्षमा छु । नेपाली जनतालाई सहयोग गरेकोमा म हेल्पिङ ह्याण्डस्लाई धन्यवाद दिन चाहन्छु । यो जनस्तरको सहयोग हो ।” भने ।

कार्यक्रममा सिस्टर ग्रुपका दिदीबहिनीले प्रमुख अतिथि गभर्नर पोलिसलाई खादा तथा नेपाली टोपी लगाइ दिएका थिए । गभर्नरले नेपाली टोपी तथा खादा लगाएर आफ्नो मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेपाली घरको इतिहास र वर्तमान अवस्थाको बारेमा पूर्व एएनए अध्यक्ष नवीन दत्तले जानकारी गराएका थिए भने हेल्पीङ हेण्डको हेल्थ एजुकेसनको बारेमा संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्डर मेयर Aaron Brockett, ब्रुमफिल मेयर Guyleen Castriotta र वेष्टमिनिष्टर मेयर Nancy McNally, Neguse Representative Erika Blum, हेल्पीङ हेण्ड हेल्थ एजुकेसनलाई निरन्तर सहयोग गरिरहने दाताहरू, समाजसेवी तथा अल स्टेट इन्सुरेन्सका सुनिल पाठक, कोलोराडोका स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू, समाजसेवी, व्यवसायी, दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका सबै सङ्घ संस्थाका पदाधिकारी, समाजसेवी, पत्रकार, दाता तथा कार्यक्रममा उपस्थित भएर शोभा बढाई दिएकोमा गभर्नर जेडर पोलिस स्थानीय मेयर लगायत उपस्थित सबैलाई अध्यक्ष ढकालले हार्दिक धन्यवाद दिएका छन् ।

कार्यक्रममा गायक विजय अधिकारीले म्युजिकल कार्यक्रम, विजय श्रेष्ठ, बिना श्रेष्ठ, सुरेन्द्र महर्जन र सुमित महर्जनले वसन्त धुन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन निशा पाठक र सुभु सिंहले गरेकी थिइन ।

दाताहरुको नामवली

प्रतिक्रिया