अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

एसीसी इमर्जिङ टिम्स एसिया कप- नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

बिआरटीनेपाल २०८० साउन १ गते ७:३५ मा प्रकाशित

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएकाे छ ।नेपालले दिएकाे १ सय ६८ रनकाे सामान्य लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायाे । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान राेहित पाैडेलले १ विकेट लिए ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । राेहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्राे प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, साेमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशाेर महताे २ रनमा नटआउट रहे ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा राेहित र साेमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटाैँ विकेटका लागि राेहित र साेमपाल कामीले ५३ रनकाे साझेदारी गरेका थिए । बलिङतर्फ भारत ‘ए’ का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू