अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाको विकल्प खोजिनुपर्छ : सदस्य सचिव घिसिङ

बिआरटीनेपाल २०८० असार ३० गते ८:३५ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग आयोजनाको विकल्प खोजिनुपर्ने बताउनुभएको छ । सचिव घिसिङले पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अनिश्चित बनिरहेको समय यसको विकल्प खोजिनुपर्ने बताउनुभएको हो । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतियोगितालाई लिएर डेडलक गर्न नहुने तर्क गर्नुभयो ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालले सन् २०१९ मा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरेको थियो । नेपालपछि प्रतियोगिता आयोजनाको झण्डा पाकिस्तानले लिएर गएको थियो ।प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता सन् २०२१ मा पाकिस्तानले आयोजना गर्नुपर्ने थियो । तर, कोभिडको विश्वब्यापी प्रभाव तथा पाकिस्तान ओलम्पिक कमिटी र पाकिस्तान सरकारबीचको द्धन्द्धका लागि प्रतियोगिता प्रभावित बनेको छ । १४ औं साग गेम्स आयोजनाको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू