अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित

बिआरटीनेपाल २०८० असार २९ गते ७:१२ मा प्रकाशित

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा आज भएको खेलमा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तानले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर भेटाएको हो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि ३७ ओभरमा सवै विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । सुरुवाती १० ओभरभित्रै ६ विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरभित्र ८ विकेट गुमाइसकेको थियो । तर, सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि नेपाल ३७ ओभरसम्म ब्याटिङ गर्न सफल रहेको थियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे । नेपालको इनिङ्स उकास्न सोमपाल र प्रतिश मिलेर नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे । नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै, मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार भारत ए सँग र तेस्रो खेल बुधबार युएई ए सँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू