अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

कोलोराडोमा नेपाली भाषा पाठशालाका कक्षाहरू शुरू

बिआरटीनेपाल २०८० जेठ २१ गते १५:४५ मा प्रकाशित

कोलोराडोमा रहेका नेपाली मूलका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिको ज्ञान दिने उद्देश्यले कोलोराडोको दुई शहरहरू नर्थग्लेन र अरोरामा नेपाली भाषा पाठशालाका कक्षाहरू आरम्भ गरिएको छ । हरेक शनिबार दुई घण्टा संचालन गरिने उक्त कक्षाहरू जून ३ तारिखदेखि सेप्टेम्बर ३० तारिखसम्म संचालन गर्ने जनाइएको छ ।

हाल नर्थग्लेन र अरोरा गरेर १०० जना विद्यार्थीहरू पाठशालामा भर्ना भएका छन् । पाठशालाको संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले स्थानीय संस्थाहरू र समुदायसँग मिलेर गरिरहेको छ ।

प्रतिक्रिया