अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

प्रधानमन्त्रीको भ्रमणमा नेपाल–भारतबीच ७ मुख्य सम्झौतामा हस्ताक्षर

बिआरटीनेपाल २०८० जेठ १८ गते ५:२८ मा प्रकाशित

नेपाल र भारतबीच सात वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको दोस्रो दिन विहीबार विभिन्न आर्थिक सहयोगका क्षेत्रमा द्वीपक्षीय समझदारी भएको हो ।नयाँदिल्लीस्थित हैदरावाद हाउसमा विहीबार प्रधानमन्त्री प्रचण्ड र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डल स्तरीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन मार्फत् सहमति सार्वजनिक गरिएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिनुभएको छ । सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म अर्को पाइपलाइन बिच्छ्याइने सहमति भएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने समझदारी भएको छ । चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाइने भएको छ । तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ । ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४० दशमलव ४९ मेगावाट बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता ९पीडीए० भएको हो ।

भारतीय कम्पनी सतलज जलविद्युत् निगम९एसजेभीएन० ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको हो । त्यस्तै नेपाल र भारतवीच डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ । नेपालको हितमा उठाउने भनिएका कालापानीको सीमा विवाद, हवाइ रुट र २५ वर्षका लागि विद्युत व्यापार सम्झौता गरिने भनिए पनि हुन सकेन । भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरीदमा भने सहमति जनाएको छ । नेपालमा रासायनिक मल कारखानाको विषय उठे पनि सहमति जुटेन । तर, भारतले चाहेको अरुण र कर्णाली परियोजना दिन नेपाल तयार भएको छ ।

दुई पक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्धानमन्त्री नरेन्द्र मोदीले आफूले ९ वर्षअघि पहिलो नेपाल भ्रमण गरे यता दुईदेशबीच धेरै प्रगति भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले ९ वर्ष यताको दुई देशवीचको सम्बन्धबारे समीक्षा गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू