अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

विश्वका एक अर्ब मानिस हैजाको जोखिममा

बिआरटीनेपाल २०८० जेठ ६ गते ६:११ मा प्रकाशित

 संयुक्त राष्ट्रसंघले विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको जनाएको छ ।यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको राष्ट्र संघले जनाएको छ ।पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर १ सय भन्दा धेरै भएको बताइएको छ । गरिबी,द्वन्द्व,जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसंख्या विस्थापनका कारण सङ्क्रमण बढेको विश्व स्वास्थ्य संगठनका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर, युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले खोप अभियान नराम्ररी प्रभावित भएको छ । यस वर्ष १ करोड ८० लाखभन्दा बढी ओरल हैजाको भ्याक्सिन डोज माग गरिएको छ तर, ८० लाख मात्र उपलब्ध विश्व स्थास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू