अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

बौद्ध समाजको पदस्थापन सम्पन्न

बिआरटीनेपाल २०७९ चैत २७ गते १९:२४ मा प्रकाशित

डेनभर । बौद्ध समाजको नयाँ कार्यसमितिको स्वागत तथा पदस्थापन सम्पन्न भएको छ । सल्लाहकार चन्द्रमान गुरुङले कार्यसमितिका पदाधिकारीहरूलाई खादा लगाइ दिँदै बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

पदस्थापन पछि अध्यक्ष श्री श्याम कुमार श्रेष्ठको नायकत्वमा बसेको समाजको बैठकले आगामी मे १३ तारिख शनिवार मनाइने २६४७ औँ बुद्ध जयन्तीको लागि कार्य विभाजन गरेको छ –
१. बुद्ध पूजा – “खेन्पो ज्ञान दोर्जे लामा” (बसन्त गुरुङ)
२. मञ्च व्यवस्थापन – सोनाम शेर्पा, टेक बहादुर थापा
३. प्रसाद वितरण – शान्ति लामा, पेमा डोल्कर श्रेष्ठ

बौद्ध समाजले अमेरिकाकाको कोलोराडोमा विगत ८ वर्षदेखि बुद्ध जयन्तीको कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया