अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

गठबन्धन स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन- सभापति देउवा

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:१७ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताउनुुभएको छ । उहाँले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने बताउनुुभयो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवाले संविधानको पक्षमा गठबन्धन हुनुपर्ने बताउनुुभयो । ’राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ,’ सभापति देउवाले भन्नुुभयो ।

सरकारले अब आरोपप्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुुर्याउने, विकास निर्माण र सुशासनका काम गर्नुपर्ने देउवाको भनाइ छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुनेसमेत देउवाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू