अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

फ्रान्समा पेन्सन सुधार विरूद्धको प्रदर्शन चर्किदै

बिआरटीनेपाल २०७९ चैत ३ गते ७:४३ मा प्रकाशित

फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भड्किएको प्रदर्शनका क्रममा राजधानी पेरिसमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ । शुुक्रबार भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले ठाउँ–ठाउँमा आगजनी समेत गरेका छन् । राजधानी पेरिससहित मुख्य शहरमा प्रदर्शन दैनिक रूपमा चर्किदै जाँदा सडकमा झडप पनि बढ्दै गएको छ । आज मात्रै राजधानी पेरिसबाट १ सय २० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

सरकारले अवकाशको उमेर ६२ बाट बढाएर ६४ बनाउने निर्णय गरेपछि ट्रेड युनियनहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । सरकारले पेन्सन सुधारको प्रस्तावलाई संसदमा समेत नलगी लागू गर्ने निर्णय गरको छ । प्रस्ताव पारित गराउन राष्ट्रिय सभामा सरकारको पक्षमा बहुमत नजुट्ने भएपछि सरकारले नियमावली नै संशोधन गरेर सोझै लागू गर्ने बाटो लिएको हो ।

सरकारी प्रस्तावको अधिकांश विपक्षी दलहरुले पनि विरोध गरेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले प्रदर्शनकारीहरुलाई सुविधा कटौती नहुने आश्वासन दिएपछि प्रदर्शन थामिने संकेत देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू