अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै, फुेब्रुुअरीमा ७३ हजारभन्दा धेरै आए

बिआरटीनेपाल २०७९ फागुन १७ गते ६:४१ मा प्रकाशित

गएको एक महिनामा ७३ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । गएको फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

कोरोना महामारी सुरु भएपछिका दुई वर्ष सन् २०२१ र २०२२ मा घटेको पर्यटक सङ्ख्या यस वर्ष बढेको हो । यसअघि सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ जना र २०२१ को फेब्रुुअरीमा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को फेब्रुुअरीमा १ लाख २ हजार ४ सय २३ जना पर्यटक नेपाल आएका थिए ।

फेब्रुुअरीमा पर्यटकको सङ्ख्या बढेसँगै २०२३ को दुई महिनाको अवधिमा नेपाल भ्रमणमा आएका पर्यटकको सङ्ख्या एक लाख २८ हजार तीन सय २९ जना पुगेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए ।

चीन सरकारले फेब्रुुअरी ६ देखि आफ्ना नागरिकलाई भ्रमणमा जान खुला गरेको छ । यसको सकारात्मक प्रभाव नेपालमा समेत देखिन थालेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।गएको फेब्रुअरीमा दुई हजार दुई सय ६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । जनवरीमा एक हजार चार सय ३६ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

फेब्रुुअरीमा भारतबाट १८ हजार चार सय एक जना पर्यटक नेपाल आउका छन् । यस्तै अमेरिकाबाट ७ हजार आठ सय ८७ जना, थाइल्यान्डबाट चार हजार आठ सय दुई जना, बेलायतबाट ४ हजार तीन सय ४५ जना र दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारीले नराम्रारी प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः लयमा आउन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू