अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु-प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ जेठ २ गते ६:०८ मा प्रकाशित

सरकारले ५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु गरेको छ । नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज काठमाण्डाैमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘स्वचालित रुट’ प्रणाली शुरु गरेको जानकारी गराउनुभएको हो ।

स्वचालित रुट प्रणालीको शुरुवातसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यावहारिक हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयाे । उहाँले लगानी प्रक्रियालाई सरल बनाउने, व्यवसायका लागि खुलापन सुनिश्चित गर्ने र नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढावा दिने नीतिहरू ल्याएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू