अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था एफएटीएफद्वारा रुसको सदस्यता निलम्बन

बिआरटीनेपाल २०७९ फागुन १३ गते ६:४४ मा प्रकाशित

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले रूसको सदस्यता निलम्बन गरेको छ ।समूहले विज्ञप्ति निकालेर रूसीको कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकाले कारबाही अघि बढाइएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ ।

युक्रेनमा भइरहेको रूसी आक्रमणलाई लिएर रुसको सदस्यता खारेज भएको हो । पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ । एफएटीएफले २ सयभन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ।

रूस युरोपेली परिषदबाट पनि निष्कासित भइसकेको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषदबाट निलम्बित भएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको हिजो एक वर्ष पूरा भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू