अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

इजिप्टको मध्य प्रान्त मिन्यामा पुरातन युगका चिहानहरू फेला

बिआरटीनेपाल २०७९ फागुन १३ गते ६:३६ मा प्रकाशित

इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला परेका छन् ।संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला पारेको इजिप्टको पुरातात्विक मन्त्रालयले जनाएको छ ।

पुरातात्विक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा माथिल्लो इजिप्टको इतिहासको बारेमा रहस्यहरू खोतल्नका लागि यो खोज अत्यन्तै महत्वपूर्ण भएको उल्लेख छ । पुरातन वस्तुहरूको सर्वोच्च परिषद्का अध्यक्ष मुस्तफा वजिरीले रोमन युगका चिहानहरूमा कुनै ढक्कन वा पाण्डुलिपिहरू नभेटिएको तर कप्टिक–युगहरूका आयताकार प्वालहरू भेटिएका र माटाका थुप्रै टुक्राहरू फेला परेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू