अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

रूसलाई यस वर्ष पराजित गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दावी

बिआरटीनेपाल २०७९ फागुन १३ गते ६:२३ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले यस वर्ष रुसलाई पराजित गरेरै छाड्ने दावी गर्नुभएको छ ।विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिवद्धता दोहोर्याउनुभएको हो । दोस्रो विश्वयुद्धपछि युरोपमा भीषण युद्ध सुरु भएको वार्षिकीका सन्दर्भमा युरोपेली मुलुकका राजधानीमा रुसी आक्रमणविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

पश्चिमा राष्ट्रले भने रुसी ब्याङ्क, सैन्य क्षेत्र लगायतमा आर्थिक उपार्जनका केन्द्रलाई क्षीण तुल्याउन अझ कठोर प्रतिबन्ध लगाउने अभिव्यक्ति दिइरहेको छ । यसै बेला उत्साहित युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसलाई पराजित गर्ने प्रण गर्नुभएको हो । ७ वटा औद्योगिक राष्ट्रको समूहले पनि रुसमाथि गम्भीर नाकाबन्दी लगाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू