अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज युक्रेनमा

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:४३ मा प्रकाशित

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको १ वर्ष पूरा हुनु एक दिनअघि आफ्नो समर्थन प्रदर्शन गर्न कीभ जानुभएको छ । युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियोसहित ट्वीट गर्दै सान्चेजले युरोपमा शान्ति नआएसम्म आफूहरु युक्रेन र त्यहाँका जनताको साथमा उभिने बताउनुभएको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेनको भ्रमण गर्नुभएको थियो । उहाँले भ्रमणका क्रममा रुसले युक्रेनमाथि युद्ध अपराध गरिरहेको आरोप लगाउनुभएको थियो ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्नुभएको छ । रुसको युक्रेन आक्रमणको १ वर्ष पुग्दै गर्दा एघारौं आपत्कालीन विशेष सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले आक्रमणको निन्दा गर्नुभएको हो । युक्रेनमाथि रुसको आक्रमण युक्रेनका जनता र अन्तर्राष्ट्रिय समुदायका लागि लाजमर्दो विषय भएको उहाँको टिप्पणी थियो ।

सोही आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको भन्दै यसले नाटकीयरूपमा मानवअधिकारको हनन् निम्त्याइरहेको उहाँले बताउनुभयो । यसको प्रभाव युक्रेन भन्दा धेरै परसम्म महसुश भइरहेको उहाँको तर्क छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू