अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

हलिउड निर्माता हार्वी वाइन्स्टिनलाई बलात्कार मुद्दामा १६ वर्षको जेल सजाय

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:३८ मा प्रकाशित

क्यालिफोर्नियाको एक अदालतले चर्चित हलिउड चलचित्र निर्माता हार्वी वाइन्स्टिनलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाएको छ।बलात्कार र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा सुनुवाइ सुरु भएको झण्डै दुई महिनापछि फैसला गर्दै अदालतले वाइन्स्टिनलाई १६ वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । यसअघि सन् २०२० मा बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा समेत दोषी ठहरिएपछि वाइन्स्टिनले न्युयोर्कमा २३ वर्षको सजाय भोग्दैछन् ।

न्यायाधीशले वाइन्स्टिनलाई न्युयोर्कपछि लगातार लस एन्जलसको सजाय पूरा गर्न आदेश दिएका बीबीसीले जनाएको छ । वाइन्स्टिनको घटनासँगै विश्वभर ’मीटु मुभमेन्ट’ को लहर सुरु भएको थियो । वाइन्स्टिनलाई दोषी ठहराइएको तीन वटै आरोप एक युरोपेली मोडलसँग सम्बन्धित छन् । जसले २०१३ मा एलए इटालिया फिल्म फेस्टिवलपछि मिस्टर सी होटलमा वाइन्स्टिनद्वारा बलात्कृत भएको बयान दिएकी थिइन् । वाइन्स्टिन एक समय अमेरिकी चलचित्र उद्योगका सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक थिए । ७१ वर्षका वाइन्स्टिनले बाँकी जीवन जेलमा बिताउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू