अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

उत्तर कोरियाद्वारा कोरियाली प्रायद्धीपमा ४ वटा क्षेप्यास्त्र प्रहार

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:२८ मा प्रकाशित

केही दिन यता लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको उत्तर कोरियाले शुक्रबार फेरी ४ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ ।उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासल टु नामक ४ वटा क्षेप्यास्त्र कोरियालीप्रायद्धीपको पूर्वीतटतर्फ प्रहार गरिएको हो । ति क्षेप्यास्त्र २ हजार किलोमिटरको दूरी तय गर्दै निशानामा परेको केसीएनएले दावी गरेको छ ।

पछिल्लो परीक्षणले देश जस्तो सुकै युद्धका लागि तयार रहनसक्ने पुष्टि गरेको उत्तर कोरियाली समाचार एजेन्सीको दावी छ । दक्षिण कोरिया र जापान सरकारले भने पछिल्लो क्षेप्यास्त्र प्रहारको बारेमा कुनै टिप्पणी गरेका छैनन । यसैबीच, उत्तर कोरियाको निरन्तरणको आणविक परीक्षणले उत्तर कोरिया र आसपासका देशहरु आणविक विकरणको जोखिम बढ्ने चेतावनी दिइएको छ ।

ट्राञ्जिसनल जस्टिस ग्रुपले दक्षिण कोरिया, जापान र चीनमा समेत रेडियोएक्टिक विकरणको जोखिम परेको हुन सक्ने चेतावनी दिएको हो । सोही समूहले उत्तर कोरियाको सीमा नजिकका करिब साढे ५ लाख दक्षिण कोरियालीहरुमा आणविक विकरणको जोखिम परिसकेको हुन सक्ने भन्दै तत्काल परीक्षण सुरु गर्न सुझाव दिएको हो । उत्तर कोरियाबाट भागेर दक्षिणमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गर्दा रेडियो एक्टिभ विकिरणको मात्रा खतराको तहमाथि रहने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू