अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

चीनको कोइलाखानीमा ५० जना बेपत्ता

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:३९ मा प्रकाशित

चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना हराईरहेका छन् ।उत्तरी चीनको इनर मंगोलियास्थित सिञ्चियाङ कोइलाखानीमा मंगलबार दिउँसो भएको दुर्घटनापछि ६ जनालाई जिवितै उद्धार गरिएको छ ।

अन्य हराईरहेकाहरुको खोजी तीब्र बनाउन राष्ट्रपति सी जिनपिङले आदेश दिनुभएको छ । उक्त कोइलाखानीमा दुर्घटनाका बेला दुई सय बढी कामदार रहेको सिञ्चियाङ कोइला कम्पनीले जनाएको छ । चीनमा कोइलाखानीका दुर्घटना बारम्बार हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू