अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको सल्लाहकार समिति गठन

बिआरटीनेपाल २०७९ माघ २१ गते १२:४९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखा कार्यसमितिको बैठकको निर्णय अनुसार र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको विधान २०१२ (पहिलो संशोधन, २०२०) बमोजिम कार्यसमितिको २०२३-२०२४ कार्यकालको लागि विविध योजनाहरुको कार्यान्वयन गर्न र परिस्थितिजन्य निर्णयहरु गर्न आवश्यक सरसल्लाह लिनको निम्ति एक पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

सल्लाहकार समितिमा विभिन्न क्षेत्रमा कार्य गरेर सामाजिक प्रतिष्ठा र अनुभव हासिल गरिसक्नुभएका र साहित्यिक गतिविधिमा सक्रिय रहनुभएका निर्मल प्याकुरेल, रमेश गुरुङ, प्रमिला शर्मा, कपिलदेव सुवेदी र बासुदेव खनाल सदस्य रहनुभएको छ । यस सल्लाहकार समितिको गठनबाट शाखाद्वारा भविष्यमा गरिने कार्यक्रमहरुलाई थप गति दिन र शाखालाई अनुशासित बनाउन मद्घत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू