अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रैः ज्ञानेन्द्रबहादुर काकी

बिआरटीनेपाल २०७९ माघ २० गते ६:३९ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गर्नुभएको छ ।नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्क समेत गर्नुभयो । सुनसरीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकीर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताउनुभयो ।

कांग्रेस नेता कार्कीले सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । कांग्रेसले सत्ता खोजेर नहिँडने तर त्यो आफैं आउने उहाँको बुझाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू