अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

महिला नेतृलाई चेली नभनियाेस्, आत्मीयता देखाउनै परे ५० प्रतिशत स्थान दिइयाेस् : सांसद श्रेष्ठ

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:३५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न अनुरोध गर्नुभएकाे छ । शनिबार प्रतिनिधि सभाकाे बैठकमा सम्बाेधन गर्दै श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे ।उहाँले महिला नेतृलाई चेली भन्ने भए पुरुष नेतालाई के चेला भन्ने हाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै महिलाहरुलाई पनि चेली नभन्न आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’ यस्तै उहाँले महिलाप्रति आत्मीयता नै देखाउनु छ भने ५० प्रतिशत महिलालाई संसदमा पठाउन पनि आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यदि आत्मीयता नै छ भने ३३ प्रतिशत न्यूनतम हो ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू