अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

ओली र यादवबीच भेटवार्ता : पावर शेयरिङमा जसपालाई पाखा लगाइएकाे गुनासो

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:२९ मा प्रकाशित

सत्ता साझेदार दलको भागबण्डामा उचित सम्मान नगरेको भन्दै असन्तुष्ट जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । ओली निवास बालकोट पुग्नुभएका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गर्नुभयो । यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको रुचि रहेको धारणा राखेको बताइएको छ ।

अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने सहमति भएको छ । यादव सो पदमा रामसहाय यादवलाई पठाएर आफू उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा आउन चाहेको बताइएको छ ।मन्त्रालयको भागबण्डामा पनि यादवले ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । जसपाका लागि वन मन्त्रालय र युवा खेलकुद मन्त्रालय राखिएको छ । यादवले भने समग्र भागबण्डाका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

जसपालाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन ओलीले आग्रह गर्नुभएको छ । चुनावमा एमालेसँग मिलेर गएकाले अब पनि सोही अनुसार अघि बढ्ने र केही तलमाथि भए आफूले मिलाउने आश्वासन ओलीले दिनुभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू