अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

कोलोराडोमा ४० मिलियनको एम्फ थिएटर बन्दै

बिआरटीनेपाल २०७९ माघ ४ गते २१:५२ मा प्रकाशित

कोलोराडो स्प्रिङ। चालीस मिलियन डलरको एम्फथियटर द सनसेटले अन्तिम स्वीकृति पाएको छ। छिट्टै निर्माण सुरु हुने बताइएको उक्त एम्फथियटरको क्षमता ८ हजार मानिसको हुनेछ।

स्प्रिङ सिटी काउन्सिलले मङ्गलवार राति निर्माणका लागि अन्तिम स्वीकृति प्रदान गरेको यो कोलोराडोको नयाँ ठुलो म्युजिक भेन्यु हुनेछ। प्रस्तावित एम्फथियटर निर्माण गर्ने कम्पनी नोट्स् लाइभ इन्कले बुधवार केही साताभित्र निर्माण सुरु गरिने जनाएको छ।

एम्फथियटर कम्पनीको बुट बार्न हल रहेको बास प्रो ड्राइभमा बनाइने छ। नोट्स् लाइभले द सनसेट सन् २०२४ को टुरिङ सिजनदेखि सञ्चालनमा ल्याइने योजना रहेको जनाएको छ।

कम्पनीका अनुसार द सनसेटमा ६० भिआइपी लक्जरी फायरपिट सुइट र रुफ टप बार र चप हाउससहितको हाइ इन्ड रेस्टुरेन्टहरू पनि हुनेछन् जसमा संसारकै १५० दुर्लभ बर्बन पाइने छ। कम्पनीले ती ठाउँ स्टेज पछाडि रहेको पाइक्स पिकमा डुब्दो सूर्यको दृश्य हेर्ने अतुलनीय स्थल बनाइने वाचा गरेको छ ।

द सनसेट नोट्स लाइभको राज्यभर रहेको धेरैमध्ये एउटा भेन्यु हुनेछ। कम्पनीले बढ्दो जनसंख्याका लागि गुणस्तरिय भेन्युको अभाव हटाउन द सनसेट निर्माण गर्न लागेको जनाएको छ। ‘अमेरिकाका केही सहरमा जनसङ्ख्या वृद्धि तीव्र छ तर उनीहरूका लागि लाइभ इन्टरटेनमेन्ट स्थल छैन,’ नोट्स् लाइभका अध्यक्ष जेड ब्लु रोथले भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू