अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

त्रिदेशीय सिरिजको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७९ माघ १ गते ५:५८ मा प्रकाशित

नेपालले घरेलु मैदानमा खेल्ने त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।टियू क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड खेल्ने छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने छ । खेल फेबु्रअरी १४ मा हुने छ ।

यस्तै, नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेबु्रअरी १७ मा खेल्ने छ । नेपालले फेबु्रअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेबु्रअरी २१ मा पुनः खेल्ने छ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू