अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

घनश्याम भूसाल  नेकपा एसकाे सचिवालय सदस्यमा मनोनित

बिआरटीनेपाल २०७९ पुष ३० गते ४:४६ मा प्रकाशित

 नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ । शनिबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । गत मंसिर ४ गतेको चुनावअघि नेकपा एमाले परित्याग गर्नुभएका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको बताउनुभयाे । उहाँले बैठकमा भूसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू