अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

सिस्टममा समस्या आउँदा राहदानी विभागको काम रोकियो

बिआरटीनेपाल २०७९ पुष १९ गते ३:४७ मा प्रकाशित

राहदानी लिनका लागि भीडभाड बढिरहँदा परराष्ट्र मन्त्रालयले राहदानी वितरणको काम अवरुद्ध गरेको छ । सोमबारदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ ।

राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने जनाएको छ । विभागले मंगलबार विज्ञप्ति जारी गरेर अर्को सूचना जारी नहुँदासम्म सबै सेवा सञ्चालन हुन नसक्ने जनाएको छ । साथै, नियमित रूपमा राहदानी आवेदनका लागि ‘अप्वाइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।

पछिल्लो समय राहदानीका लागि फारम बुजाउने र राहदानी लिनका लागि विभागमा मानिसहरूको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो । भीड कम गराउन जनगुनासो बढेपछि गृहमन्त्री रवि लामिछानेले समेत केही दिनअघि विभागको कार्यालयमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

विभागका अधिकारीहरूले भने कोरोना महामारीका कारण लामो समय राहदानी वितरणको काम रोकिँदा हाल सेवाग्राहीहरूको भीड बढेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू