अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुनसक्छ : आईस्पान

बिआरटीनेपाल २०७९ पुष १८ गते ४:२४ मा प्रकाशित

इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणकाे मनाेमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएकाे छ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले आज साेमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिनुभएकाे हाे । विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती पाेल भाडा बढाएर मान अधिकारकाे समेत उल्लङ्घन भएकाे विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले विद्युत् नियमन आयाेग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभाेक्ता मञ्च, सेवा प्रदायक सबैलाई बेवास्ता गरी पाेलकाे भाडा छ सयदेखि सात सय प्रतिशतसम्म बढाएकाे आईस्पानकाे गुनासाे छ ।

पाेल भाडाकाे सम्बन्धमा गठन भएकाे उच्चस्तरीय समितिले दिएकाे प्रतिवेदन विद्युत् प्राधिकरणले कार्यान्वयन नगरेकाे पनि विज्ञप्तिमा जनाइएकाे छ । प्राधिकरणले पुरानै भाडा तिर्ने सम्झाैता गर्न दबाब दिइरहेकाे र भाडाकै निहुँमा इन्टरनेटकाे तार काटिरहेकाे भन्दै इन्टरनेट सेवा बन्द भएमा त्यसकाे जिम्मेवारी प्राधिकरणले नै लिनुपर्ने आईइस्पानले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू