अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

कंगोमा पहिरोमा परी १० जनाको मृत्यु, ९ घाइते, सयौं मानिसहरू घरबार बिहीन

बिआरटीनेपाल २०७९ पुष १८ गते ३:३१ मा प्रकाशित

अफ्रिकी मुलुक कंगोमा भीषण वर्षापछि आएको पहिरोमा परी करिब १० जनाको मृत्यु भएको छ । कंगोको दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा भारी वर्षापछि आएको पहिरोमा अस्थायी खानीका १० जनाको मृत्यु भएको हो । साेही पहिराेमा परी ९ जना घाइते भएका छन् । पहिरोमा परी केही वेपत्ता र सयौं घरबारबिहीन भएका छन् । पहिरोले सोही क्षेत्रका दुईव टा सुनखानी स्थलमा क्षति पुर्याएको छ ।

पहिरोमा थुप्रै मानिस पुरिएको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेकाे छ । कंगोमा गत डिसेम्बमा मुसलधारे वर्षाका कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा १ सय ६० भन्दा बढी मानिसको मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू